टेवा साकोसको आयोजनामा रक्तदान सम्पन्न, इटहरी राहतकोष र वृन्दावन गौसालालाई खाद्यन्न सहयोग प्रदान

Newslaya Home

टेवा साकोसको आयोजनामा रक्तदान सम्पन्न, इटहरी राहतकोष र वृन्दावन गौसालालाई खाद्यन्न सहयोग प्रदान

-अर्जुन राई अपहेलित
बुधबार ०७, जेठ २०७७

इटहरी । सुनसरीको इटहरीमा रहेको टेवा बचत तथा ऋण सहकारी संस्थाले १० औं वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

बुधबार इटहरीको पन्चकोशी मेडिकल अगाडी आयोजना गरिएको रक्तदान कार्यक्रममा ३९ प्रिन्ट रगत संकलन भएको हो ।

नेपाल रेडक्रस सोसाइटी इटहरीका सभापति बिमल पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा रक्तदान साथै राहत वितरण तथा संस्थाका कर्मचारीलाई नगद सहयोग प्रदान गरिएको जनाइएको छ ।

टेवा साकोसका अध्यक्ष इश्वरी प्रसाद पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा वृन्दावन गौसालाका संस्थापक दिनबन्धु शास्त्रीको समेत उपस्थिति रहेको थियो । विश्वव्यापी महामारीको रुपमा कोरोना भाइरस (कोभिड–१९) फैलिरहेको बेला रगतको कमि हुने अवस्थालाई मध्येनजर गर्दै उच्च सतर्कताका साथ रक्तदान कार्यक्रमको आयोजना गरिएको संस्थाका अध्यक्ष इश्वरी प्रसाद पराजुलीले जानकारी दिए ।

वार्षिक उत्सवको अवसरमा इटहरी उपमहानगरपालिकाको राहतकोषलाई १ हजार के.जि. खाद्यन्न (चामल) प्रदान गरिएको छ । सोही अवसरमा नयाँ वृन्दावन गौसालालाई समेत ३५ हजार बराबरको खाद्यान्न वितरण गरिएको टेवा साकोसका व्यवस्थापक सुनिता श्रेष्ठले जानकारी दिइन् ।No description available.

alt

No description available.

No description available.

No description available.

No description available.

No description available.