स्वास्थ्यकर्मीको नक्कली परिचयपत्र बोकेर हिँड्ने दुई युवा पक्राउ

Newslaya Home

स्वास्थ्यकर्मीको नक्कली परिचयपत्र बोकेर हिँड्ने दुई युवा पक्राउ

बुधबार ०७, जेठ २०७७

डडेल्धुरा । डडेल्धुराको स्याउले बजारबाट स्वास्थ्यकर्मीको परिचयपत्र बोकेर हिँड्ने दुई युवा पक्राउ परेका छन् ।

लकडाउनको समयमा धनगढीबाट अछाम जान लागेका अछाम चौरपाटी–१ का चन्द्रबहादुर साउद र अछाम सिउडी बस्ने जितबहादुर साउदलाई प्रहरीले पक्राउ गरेको हो ।

सवारी चेकजाँच गर्ने क्रममा उनीहरुले अर्कै स्वास्थ्यकर्मीको कार्ड बोकेको भेटिएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले बताए ।

पक्राउ परेका दुवैलाई संक्रमण एेनअनुसार कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय डडेल्धुरामा बुझाएको प्रहरी नायव उपरीक्षक न्यौपानेले जानकारी दिए ।