प्रेस कार्ड देखाएर चोरी गरेको आरोपमा सनुसरी र बाराका दुई जना पक्राउ

Newslaya Home

प्रेस कार्ड देखाएर चोरी गरेको आरोपमा सनुसरी र बाराका दुई जना पक्राउ

बुधबार ०७, जेठ २०७७

काठमाडौं । काठमाडौंको चाबहिल स्थित भत्केको पुलबाट लकडाउनको मौका छोपी चारी गर्ने दुई जनालाई पक्राउ गरिएको छ ।

नक्कली प्रेस कार्ड बनाएर चोरी गरेको अभियोगमा सुनसरी घर भई काठमाडौं धुम्बाराही बस्‍ने २१ वर्षीय आश्रय रिजाल हिमाल भनिने हिमाल रसाइली र बारा घर भई हाल ओमबहाल काठमाडौं बस्‍ने २८ वर्षीय अली आलम मियालाई प्रहरीले पक्राउ गरेको हो ।

महाशाखा र महानगरीय प्रहरी वृत्त, गौशालाबाट खटिएको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा उनीहरूको साथबाट विभिन्न ब्राण्डका ल्यापटप, क्यामरा, नगद ५३ हजार, ३०० डलर, २०० युआनसहित धारिलो हतियारसमेत फेला पारेको हो ।

सीसीटीभी फुटेजको आधारमा अध्ययन गर्दा देखिएको एभेञ्जेर मोटरसाइकल रोकेर सोधपुछ गर्ने क्रममा उनीहरुले उम्कन एपीवान टेलिभिजनको प्रेसकार्ड देखाएका थिए ।