कोसी अस्पतालबाट थप आठ जना डिस्चार्ज

Newslaya Home

कोसी अस्पतालबाट थप आठ जना डिस्चार्ज

बुधबार ०७, जेठ २०७७

विराटनगर । विराटनगरस्थित कोभिड–१९ उपचार केन्द्रमा उपचार गराइरहेका कोरोना संक्रमितमध्ये थप आठ जना निको भएर बुधबार डिस्चार्ज भएका छन् ।

डिस्चार्ज हुनेमा उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केका ३ जना र ५ जना भारतीय नागरिक छन् ।

भुल्केका तीन जनालाई होम क्वारेन्टाइनमा र भारतीयलाई विराटनगर–१५, रानीस्थित मरकजमा १४ दिन क्वारेन्टाइनमा राख्ने व्यवस्था गरिएको कोसी अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा.संगीता मिश्रले जनाकारी दिएकी छन् ।

भुल्केस्थित नुरी मस्जिदमा बस्दै आएका ती पाँचै भारतीय कोरोना संक्रमण पुष्टि भएपछि वैशाख ५ गते उपचार केन्द्रमा भर्ना भएका थिए । अन्य तीन स्थानीयमध्ये दुई जना वैशाख ९ र एक जना वैशाख १० गते भर्ना गरिएका थिए ।

यससँगै केन्द्रबाट हालसम्म कोरोनामुक्त भएर घर फर्किनेको संख्या २६ पुगेको छ ।