नक्कली मदिरा बिक्री गर्ने एक जना पक्राउ

Newslaya Home

नक्कली मदिरा बिक्री गर्ने एक जना पक्राउ

बुधबार ०७, जेठ २०७७

विराटनगर । विराटनगरमा नक्कली मदिरा बिक्री गर्ने व्यक्ति पक्राउ परेका छन् ।

विभन्न ब्राण्डका मदिराका बोतलमा नक्कली स्टिकर र नक्कली मदिरा भरेर कारोबार गर्दै आएका विराटनगर–६ का श्रवण मुखियालाई प्रहरीले पक्राउ परेको हो।

उनले विभिन्न नामका ५ सय ३० बोतलमा नक्कली मदिरा भरेर बिक्री–वितरण गर्दै आएका थिए । मोरङ प्रहरीका अनुसार, विराटनगर ११ बसपार्क छेउको योजित प्रधानको घर भाडामा लिएर संचालन गरिएको न्यू डीएन ट्रेडर्समा छापा मारेर मदिरासहित मुखियालाई नियन्त्रणमा लिइएको हो।

मुखियाले बिक्रीका लागि राखेका नक्कली मदिरा भरेर वाइन, वियर, ह्वीस्की र भोट्का बिक्रीका लागि तयार गरेका थिए ।