पाँचथरमा बाँस काट्ने क्रममा लडेर एक जनाको मृत्यु

Newslaya Home

पाँचथरमा बाँस काट्ने क्रममा लडेर एक जनाको मृत्यु

बुधबार ०७, जेठ २०७७

पाँचथर । पाँचथरको मिक्लाजुङ गाउँपालिका–२ स्थित बाँस काट्ने क्रममा लडेर एक जनाको मृत्यु भएको छ ।

मंगलबार दिउँसो घर नजिकै रहेको बाँस झ्याङमा बाँस काट्ने क्रममा लडेर स्थानीय ३९ बर्षीय अमृत प्रसाद राईको ज्यान गएको हो ।

अचानक बाँस झ्याङबाट करिब २० मिटर तल खस्दा राईको घटनास्थलमा नै मृत्यु भएको भनि स्थानीयले प्रहरीलाई जानकारी दिएका थिए । घटनाको जानकारी पाउन साथ ईलाका प्रहरी कार्यालय रविबाट प्रहरी टोली पुगेर कानूनी प्रकृया पुरा गरी घटनाको सम्बन्धमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।