सुनसरीमा ट्रकबाट लडेर एक जनाको मृत्यु

Newslaya Home

सुनसरीमा ट्रकबाट लडेर एक जनाको मृत्यु

बुधबार ०७, जेठ २०७७

इटहरी । सुनसरीको हरिनगरा गाउँपालिका–६ घुस्कि बजारमा ट्रकबाट लडेर एक जनाको मृत्यु भएको छ ।

मंगलबार दिऊँसो को १ ख ७९०० नम्बरको ट्रकबाट खाद तथा चामल झार्ने क्रममा अचानक डडेर हरिनगरा गाउँपालिका–२ का ४० बर्षीय पवन गुप्ता घाइते भएका थिए ।

घाइते गुप्तालाई उपचारको लागी जिल्ला अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।