अम्फान आँधीबाट सुरक्षित राख्न ओडिसामा डेढ लाख मानिसलाई सुरक्षित स्थानमा सारियो

Newslaya Home

अम्फान आँधीबाट सुरक्षित राख्न ओडिसामा डेढ लाख मानिसलाई सुरक्षित स्थानमा सारियो

बुधबार ०७, जेठ २०७७

काठमाण्डौ । भारतको पूर्वी तटीय इलाकामा सक्रिय अम्फान आँधीबाट सुरक्षित राख्न ओडिसा राज्यका डेढ लाख बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको स्थानीय अधिकारीहरुले बताएका छन् ।

ओडिसाका विशेष राहत आयुक्तले पश्चिम बंगालको सुन्दरवन नजिक बुधबार अम्फान आँधीले ठूलै समस्या निम्त्याउने खतरा रहेको बताएका छन् ।उनले आँधी पारादिपबाट दक्षिण–पूर्व ११० किलोमिटर टाढा देखिएको बताउँदै आँधी प्रतिघण्टा १८–१९ किलोमिटरको गतिमा रहेको बताएका छन् । पश्चिम बंगालमा बुधबार साँझसम्म यो आँधी आइपुग्ने देखिएको बताइएको छ ।

उनले एक लाख ३७ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको जानकारी दिँदै बालासोर र मयुरभान्ज जिल्लाका केही क्षेत्रबाट मानिसलाई सुरक्षित स्थानमा सार्ने योजना बनिरहेको बताए ।