पेस्तोल सहित सुनसरीबाट एक जना पक्राउ, प्रहरीले फसाएको आरोप

Newslaya Home

पेस्तोल सहित सुनसरीबाट एक जना पक्राउ, प्रहरीले फसाएको आरोप

बुधबार ०७, जेठ २०७७

सुनसरी । सप्तरीका कृष्णकुमार यादब (क्रिस) सुनसरीबाट पक्राउ परेका छन । ६ जना ब्यक्तिको हत्या गरेको आरोप लाग्दै आएका यादवलाई सुनसरी प्रहरीले पक्राउ गरेको हो ।

ज्वाला सिंहमा हिड्दा ६ जना मान्छे मारेको उनी माथी आरोप छ । नेकपा,उपेन्द्र यादब र अहिले विप्लव सम्मलाई सहयोग गर्दै आएको प्रहरीले जनाएको छ । उनको साथबाट एक थान पेस्तोल र ३ थान गोली र ठुलो मात्रामा लागुऔषध फेला परेको सुनसरी प्रहरीले जनाएको छ ।

भारतीय नम्बर प्लेटको गाडीमा सप्तरीबाट सुनसरी आउँदै गरेका उनी सँग दुई थान ठुला हतियार छ भनेर प्रहरीले खनतालासी गर्दै एक थान मात्र हरियार फेला परेको प्रहरीले जनाएको छ । लामो समय देखि अपराधिक गतिविधिमा संलग्न यादवको विषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ ।

यता कोशी गाउँपालिका –८ का अध्यक्ष विन्देश्वरप्रसाद यादवले भने कृष्णकुमारलाई प्रहरीले फँसाएको आरोप लगाएका छन् । ट्याक्टर लिन आउँदा सुनसरीको कोशी गाउँपालीका वार्ड नम्बर ८ स्थित भण्टाबारीबाट जबर्जस्ती पक्राउ गरि लगिएको उनले बताए ।