बराहक्षेत्रमा एक जनालाई कोरोना संक्रमण, दुई वटा वडा सिल

Newslaya Home

बराहक्षेत्रमा एक जनालाई कोरोना संक्रमण, दुई वटा वडा सिल

बुधबार ०७, जेठ २०७७

सुनसरी । बराहक्षेत्रका एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि नगरपालिकाले दुई वटा वडा सिल गरेको छ ।

नगरपालिकाले बुधबार (आज) सार्वजनिक सूचना जारी गर्दै वडा नम्बर १० र ११ सिल गरेको जनाएको छ । सिल गरिएका वडाहरुमा औषधी पसल, क्लिनिक र मेडिकल बाहेक सबै क्षेत्र अर्को आदेश नहुन्जेलसम्मका लागि पूर्ण रुपमा बन्द गर्ने जनाइएको छ ।

मंगलबार वडा नम्बर ११ मधुवनका एक जनामा संक्रमण पुष्टि भएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजेशकुमार पोख्रलले जनाएका छन् । बराहक्षेत्र नगरपालिकाले नगरक्षेत्रभित्र उच्च सर्तकता अपनाँउदा अपनाउँदै संक्रमण भेटिएको सूचनामा उल्लेख गरिएको छ ।