काठमाडौंका दुई प्रहरीमा देखियो कोरोना संक्रमण

Newslaya Home

काठमाडौंका दुई प्रहरीमा देखियो कोरोना संक्रमण

बुधबार ०७, जेठ २०७७

काठमाडौं । काठमाडौंमा कार्यरत दुई जना प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

नेपाल प्रहरी उच्च स्रोतका अनुसार महानगरीय प्रहरी वृत्त, कालिमाटीमा कार्यरत एक जना सई र जवानलाई कोरोनाको संक्रमण पोजेटिभ देखिएको हो ।

स्रोतका अनुसार यसबारे स्वास्थ्य मन्त्रालयले मंगलबार प्रहरीलाई जानकारी गराइसकेको छ । उनीहरुको चार दिनअघि पीसीआर परीक्षण गरिएको थियो ।

मंगलबार दुवै प्रहरी कर्मचारी ब्यारेकमै बसेका थिए । बुधबारबाट ब्यारेकमा बस्ने सबैको पीसीआर परीक्षण थाल्ने तयारी भइरहेको स्रोतको दाबी छ ।

संक्रमण पुष्टि भएसँगै प्रहरीका ६ वटा इकाइ सिल गरिएको छ । कालीमाटी वृत्तसँगै रहेको महानगरीय ट्राफिक प्रहरी प्रभाग र महिला सेललाई सिल गरिएको हो । कालीमाटी प्रहरी प्रमुख डीएसपी रुगम कुँवरका अनुसार मातहतको बल्खु, कलंकी र स्यूचाटार प्रहरी प्रभाग पनि सिल गरिएको छ ।