बलात्कृत किशोरीलाई उल्टै गाउँ निकाला

Newslaya Home

बलात्कृत किशोरीलाई उल्टै गाउँ निकाला

बुधबार ०७, जेठ २०७७

मोरङ । मोरङको बुढीगंगा गाउँपालिकामा एक किशोरी बलात्कृत भएपछि उनलाई गाउँबाटै निकालिएको छ ।

मोरङ बुढीगंगा गाउँपालिका–७ बडहराका १५ वर्षीया किशोरीमाथि दुई महिनाअघि पाँच जनाको समूहले सामूहिक बलात्कार गरेका थिए । स्थानीय लक्ष्मण राई, रोशन राई, इन्द्र राई र अन्य दुई जनाको समूहले बलात्कार गरेको आरोप छ ।

सामूहिक बलात्कारपछि पीडितले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिए तर बलात्कारमा संलग्न इन्द्र राई र लक्ष्मण राईलाई प्रहरीले छाडेको पीडितको भनाइ छ ।

‘केटाहरुका आफन्तले गाउँमा बस्न नदिएको अवस्था छ,’ पीडित किशोरीकी आमाले भनिन्, ‘अहिले इटहरीमा कोठाभाडा गरेर बस्दै आएको छु, समस्या नै समस्या छ ।’

बलात्कृत भनेर हेप्ने गरेको र सामाजिक रुपमा बहिस्कार गरेप्रति स्थानीय अगुवाले आफ्नो पक्षमा केही काम नगरेको उनको गुनासो छ ।