कोरोना भाइरस : भारतमा एकै दिन ६ हजारबढी संक्रमित, १४६ जनाको मृत्यु

Newslaya Home

कोरोना भाइरस : भारतमा एकै दिन ६ हजारबढी संक्रमित, १४६ जनाको मृत्यु

बुधबार ०७, जेठ २०७७

काठमाडौं । भारतमा एकै दिन ६ हजार भन्दा बढीमा कोरोना संसंक्रमित फेला परेका छन् ।

मंगलबार भारतमा ६ हजार १ सय ४७ जना नयाँ संक्रमित फेला परेका हुन् । यो सँगै भारतमा संक्रमितको संख्या १ लाख ६ हजार ४ सय ७५ पुगेको छ।

वल्डओमिटरको बुधबार बिहानसम्मको तथ्यांक अनुसार भारतमा मृतकको संख्या ३ हजार ३ सय २ पुगेको छ। मंगलबार एकैदिन भारतमा १ सय ४६ जनाले संक्रमणबाट ज्यान गुमाएका छन्।