रामकृष्ण बान्तवाले ल्याए ‘कोभिड–१९ ले सिकाइदियो’ गीत (भिडियोसहित)

Newslaya Home

रामकृष्ण बान्तवाले ल्याए ‘कोभिड–१९ ले सिकाइदियो’ गीत (भिडियोसहित)

बुधबार ०७, जेठ २०७७

काठमाडौं । लामो समयदेखि हङकङलाई कर्मथलो बनाइरहेका सर्जक रामकृष्ण बान्तावाको रचनामा ‘कोभिड–१९ ले सिकाइदियो’ गीति भिडियो सार्वजनिक भएको छ ।

बान्तावा निकै लामो समयपछि पुनः झुल्किएका हुन् । कोरोना भाइरसले विश्वलाई नै आक्रान्त तुल्याइरहेको सन्दर्भमा यसबाट बच्न तथा बचाउन सन्देश दिने गीतसहित उनी सांगीतिक फाँटमा पुनः देखापरेका हुन् ।

यस म्युजिक भिडियोमा विभिन्न फुटेज समायोजन गरेर निर्माण गरिएको हो । गीतमा महेश शिल्पकार, शुरेस चन्द र सीएल शर्माको आवाज छ भने संगीत सीएल शर्माकै छ ।

गीतलाई पुष्कर सुनुवारले एरेन्ज गरेका हुन् भने भिडियोको छायांकन र सम्पादन वीरेन्द्र धामीले गरेका हुन् । म्युजिक भिडियो हङकङवासी महेश शिल्पकारले आफ्नै युटुब च्यानलमार्फत सार्वजनिक गरेका हुन् ।

यसभन्दा अघि गीतकार बान्तावाले आभा, धुवाँ र आवाज गीति संग्रहमार्फत २ दर्जन गीत बजारमा ल्याई सकेका छन् । आभा मुकारुङको स्वरमा ‘कता हिँडेको’ गीत लामो समयसम्म हिट लिस्टमा परेको थियो ।

बान्तावा एक दशकपछि गीत लेखनमा फर्किएका हुन् ।