झापाबाट नेपाल छिरेका १ सय ५८ जनालाई क्वारेन्टाइनमा राखियो

Newslaya Home

झापाबाट नेपाल छिरेका १ सय ५८ जनालाई क्वारेन्टाइनमा राखियो

बुधबार ०७, जेठ २०७७

भद्रपुर । नेपाल भारतको सीमावर्ती क्षेत्रबाट लुकिछिपी नेपाल प्रवेश गर्ने क्रममा १ सय ५८ नेपालीलाई नियन्त्रणमा लिई क्वारेन्टाइनमा राखिएको छ ।

झापाको काँकडभिट्टा नाकाबाट ७८ जना र कचनकवल गाउँपालिकास्थित पाठामारी नाकाबाट ८० जनालाई मङ्गलबार लुकिछिपी नेपाल प्रवेश गर्ने क्रममा प्रहरीले नियन्त्रणमा लिएको थियो ।

उनीहरूलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले नियन्त्रणमा लिई भद्रपुर वडा नम्बर ८ मा रहेको मेची बहुमुखी क्याम्पसमा ९१ जना, कचनकवलको महेन्द्र रत्न माविमा ५७ जना र सोही पालिकाको जनता निमाविमा १० जना राखिएको सशस्त्र प्रहरी गण नम्बर २ झापाका एसपी रेशमकुमार थक्सूले जानकारी दिए ।

सीमावर्ती भारतीय क्षेत्रमा हजारौँ नेपालीहरू रहेको बुझिएको छ । उनीहरू कोही दिउँसो त कोही राति नेपाल छिरेका थिए ।