१ सय ९५ जना नेपालिले पाए नेपाल प्रवेश

Newslaya Home

१ सय ९५ जना नेपालिले पाए नेपाल प्रवेश

बुधबार ०७, जेठ २०७७

काठमाडौं । मंगलबार मध्यराति १ सय ९५ जना नेपालीले नेपाल प्रवेश गरेका छन् ।

कञ्चनपुरसंग जोडिएको सीमावर्ती भारतीय क्षेत्रमा अलपत्र परेका उनीहरूलाई मध्यराति नेपाल प्रवेश गराइएको भीमदत्त नगरपालिकाले जनाएको छ । उनीहरू भारतका बिभिन्न शहरबाट खटिमा हुँदै महाकाली नगरपालिकामा आइपुगेका थिए ।

उनीहरूलाई राति ११ बजे तिर त्यहाँबाट उद्दार गरिएको हो । उद्दार गरिएकाहरूलाई भीमदत्त नगरपालिकास्थित बैजनाथ माध्यमिक विद्यालयको क्वारेन्टाइनमा राखिएको भीमदत्त नगरपालिका प्रमुख सुरेन्द्र बिष्टले जानकारी दिए ।

उद्दार गरिएकामा सबैभन्दा बढी मुगुका ४४ जना रहेका छन् । त्यस्तै दैलेखेका १८ जना रहेका छन् । उद्दार गरिएकामा कालिकोटदेखि सप्तरीसम्मका बासिन्दा रहेका छन् ।

यसअघि सीमावर्ती भारतीय क्षेत्रबाट उद्दार गरिएका महाकाली नगरपालिकाका २ सय जनालाई क्वारेन्टाईनमा राखिएको छ ।