भोजपुरमा पत्रकारसहित ६७ जनाको स्वाब संकलन

Newslaya Home

भोजपुरमा पत्रकारसहित ६७ जनाको स्वाब संकलन

बुधबार ०७, जेठ २०७७

भोजपुर । सुक्ष्म रुपमा कोरोना फैलिन सक्ने सम्भावनालाई ध्यानमा राख्दै भोजपुरमा ६७ जनाको स्वाब संकलन गरिएको छ । मंगलबार बढी मात्रामा जनसम्पर्कमा रहने पत्रकार, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी कर्मचारी लगाएतको स्वाब संकलन गरिएको हो ।

जिल्लामा कोरोना संक्रमण देखिएका युवा निको भएर घर फर्किसकेका छन् । त्यसपछि परिक्षण गरिएका सबैको रिपार्ट नेगेटिभ आइरहेको छ । तर पनि पछिल्लो समय नेपालमा दिन प्रतिदिन कोरोना भाइरसका संक्रमित बढ्दै गएपछि बढी जन सम्पर्कमा रहने ६७ जनाको स्वाब संकलन गरी परीक्षणको लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले जानकारी दिए ।

जिल्लामा संक्रमितको सङ्ख्या नदेखिएपनि उच्च सतर्कताका साथ परीक्षण भईरहेको स्वास्थ्य प्रमुख फणिन्द्र थापाले बताए । विभिन्न ठाउँबाट जिल्ला प्रवेश गरी क्वारेन्टाइन तथा होम क्वारेन्टाइनमा रहेका मानिसहरुको १४ दिनपछि आरडिटि परीक्षण भईरहेको उनले बताए ।

रिपोटिङको शिलशिलामा जोखिम युक्त ठाउँमा जानुपर्ने भएकोले स्वाब संकलनले थप ढुक्क हुने अवस्था हुने पत्रकारहरुले बताएका छन् । परिक्षणको दायरालाई अझ बढाउनुपर्ने नेपाल पत्रकार महासंघ भोजपुर शाखाका कार्यवाहक अध्यक्ष एक्सन राईल बताए ।

जिल्लामा मंगलबारसम्म ६३८ जनाको आरडिटी, ९२ जनाको स्वास्ब संकलन गरिएकोमा २५ जनाको रिपोर्ट आएका छ भने स्वाब संकलन गरिएको ६७ जनाको रिपोर्ट आउन बाँकी छ । जिल्लामा ५ सय २५ क्वारेन्टिन, १३ वटा आईसोलेसन वार्ड निर्माण गरिएको छ, भने जसमा ९६ क्वारेन्टाईनमा र १६३ होम क्वारेन्टाईनमा राखिएको छ ।