धनकुटामा थप ५ जनामा कोरोना पुष्टि

Newslaya Home

धनकुटामा थप ५ जनामा कोरोना पुष्टि

बुधबार ०७, जेठ २०७७

धनकुटा । धनकुटामामा मंगलबार थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ४ स्वास्थ्यकर्मी र १ जना सुरक्षाकर्मीमा संक्रमण पुष्टि भएको हो ।

सोमबार धनकुटा अस्पतालमा कार्यरत स्वाथ्यकर्मी, बिरामी र सुरक्षाकर्मी गरी ८३ जनाको स्वाब संकलन गरिएको थियो । जसमध्ये ६५ जनाको रिपोर्ट आएको हो । 

धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा ४ पुरुष र १ महिलामा कोरोना पोजिटिभ देखिएको धनकुटा अस्पतालका निमित्त मेसु पुजन विश्वकर्माले पुष्टि गरे । 

परीक्षण हुन बाँकी अन्यको रिपोर्ट बुधबार आउने बताइएको छ । धनकुटा अस्पतालमा कार्यरत एक महिला स्वास्थ्यकर्मी (नर्स) मा आइतबार कोरोना पुष्टि भएपछि उनीहरूको स्वाब संकलन गरिएको थियो । योसँगै देशभर कोरोना संक्रमितको संख्या ४ सय ७ पुगेको छ ।