विराटनगरमा नक्कली मदिरासहित एक जना पक्राउ

Newslaya Home

विराटनगरमा नक्कली मदिरासहित एक जना पक्राउ

मङ्गलबार ०६, जेठ २०७७

विराटनगर । मोरङको विराटनगर महानगरपालिका–११ बसपार्कबाट नक्कली मदिरासहित एक जनालाई पक्राउ गरिएको छ ।

मंगलबार दिउँसो जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले न्यू.डि.एन ट्रेडर्सका सञ्चालक विराटनगर–६ बस्ने श्रवण मुखियालाई ५३० बोतल नक्कली मदिरा सहित पक्राउ गरेको हो ।

बसपार्क छेउमा रहेको एक घरमा कोठा भाडामा लिएर बसोबास गर्दै आएका मुखियाले विभिन्न ब्राण्डको बोतलमा नक्कली मदिरा बनाउने गरेको भन्ने सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो ।

मुखीयाको पसलबाट प्रहरीले पास पास मदिरा १५ बोतल, signature २१० बोतल, Golden Oak २२ बोतल, Golden Globe १२ बोतल,  Network १७ बोतल,  Purwanchal Special ३९ बोतल, Royal Treasure whisky २६ बोतल, Fighter मदिरा ८९ बोतल,Ruslan Vodka २६ बोतल, Dragon Bear ७२ बोतल र Huinwa Wine २ बोतल बरामद गरेको छ ।

नक्कली मदिरा सहित पक्राउ परेका मुखियालाई आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय विराटनगरमा बुझाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।