मोरङबाट जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

Newslaya Home

मोरङबाट जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

मङ्गलबार ०६, जेठ २०७७

विराटनगर । मोरङको सुन्दरहरैचा नगरपालिका–२ बाट बरजस्ती करणी उद्योग गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

स्थानीय २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सुन्दरहरैचा–२ मिर्गौलिया बस्ने ३५ वर्षीय सुरेन्द्र मेहेतालाई सोमबार राती प्रहरीले पक्राउ गरेको हो ।

ती महिलालाई घरमा सुतिरहेको अवस्थामा जबरजस्ती करणी उद्योग गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय हरैचाबाट खटिएको प्रहरीले सुरेन्द्रलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।