सुनसरीका २० जना पत्रकारको स्वाब संकलन

Newslaya Home

सुनसरीका २० जना पत्रकारको स्वाब संकलन

मङ्गलबार ०६, जेठ २०७७

इटहरी । सुनसरीका २० जना पत्रकारहरूको कोरोना परीक्षणका लागि थ्रोट स्वाब संकलन गरिएको छ ।

इटहरीको जनता माविमा भएको परीक्षणमा पहिलो चरणमा जोखिमपूर्ण पत्रकारिता गर्ने इनरुवा, इटहरी र धरानका २० जनाको स्वाब सङ्कलन गरिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय सुनसरी र इटहरी अस्पतालसँगको समन्वयमा २० जना पत्रकारको स्वाब संकलन गरी परीक्षणका लागि पठाएएको पत्रकार महासंघ सुनसरीका सभापति अमर खड्काले जानकारी दिए ।