सुनकोशीमा बेपत्ता दुई युवकको शव फेला

Newslaya Home

सुनकोशीमा बेपत्ता दुई युवकको शव फेला

मङ्गलबार ०६, जेठ २०७७

सिन्धुली । सुनकोशी नदीमा पौडी खेल्न जाँदा बेपत्ता भएका दुई युवाको शव फेला परेको छ ।

आइतबार बेपत्ता भएका सुर्खेतको पञ्चकोटी नगरपालिका–७ घर भएका १९ वर्षीय दिनेश बुढाक्षेत्री र २० वर्षीय विश्वजनक बुढाक्षेत्रीको शव आज फेला गरेको हो ।

खोजी गर्ने क्रममा दिनेशको फिक्कल गाउँपालिका–५ नारिम खोलाको दोभानमा र जनकको शव फिक्कल गाउँपालिका–५ पञ्चकन्यास्थित सुनकोशी नदीको किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

उनीहरु दुवैजना सुर्खेत घर भई हाल फिक्कल गाउँपालिका–४ खाङ्साङमा काठको मिस्त्री काम गर्दै आएका थिए ।