थप २७ जनामा कोरोनाको संक्रमण पुष्टि, संक्रमितको संख्या ४०२ पुग्यो

Newslaya Home

थप २७ जनामा कोरोनाको संक्रमण पुष्टि, संक्रमितको संख्या ४०२ पुग्यो

मङ्गलबार ०६, जेठ २०७७

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको संख्या ४०२ पुगेको छ ।

मंगलबार मात्रै विभिन्न जिल्लाका प्रयोगशालामा गरिएको परीक्षणमा २४ पुरुष र तीन महिला गरी २७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो ।

थप २७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ४०२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

झापामा ९, कपिलवस्तुमा ४, काठमाडौंमा ३, सर्लाहीमा २, मोरङ, सुनसरी, भक्तपुर, ललितपुर, मकवानपुर, रामेछाप, सिन्धुली, लमजुङ र नवलपरासी समान एक–एक जना गरी जम्मा २७ जनामा कोरोनाको संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।