सुनसरीबाट लागुऔषध सहित एक युवक पक्राउ

Newslaya Home

सुनसरीबाट लागुऔषध सहित एक युवक पक्राउ

मङ्गलबार ०६, जेठ २०७७

इटहरी । सुनसरीको हरिनगरा गाउँपालिका–१ लब्टोलियाबाट लागुऔषध सहित एक जनालाई पक्राउ गरिएको छ ।

मंगलबार बिहान ईलाका प्रहरी कार्यालय हरिनगराबाट खटिएको प्रहरी टोलीले हरिनगरा–७ का २१ बर्षीय भोला भनिने नरेश कुमार यादवलाई लागुऔषध सहित पक्राउ गरेको हो ।

पक्राउ परेका यादवको साथबाट अवैध लागु औषध नुफिन ५८० एम्पुल, डाईजेल्याब ५६० एम्पुल र फेनारगन ५६० एम्पुल गरि जम्मा १७०० एम्पुल बरामद भएको प्रहरीले जनाएको छ ।
ठुलो परिणामको लागुऔषध सहित पक्राउ परेका यादवको सम्बन्धम थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।