बिहारमा ट्रक दुर्घटना, ९ जना मजदुरको मृत्यु

Newslaya Home

बिहारमा ट्रक दुर्घटना, ९ जना मजदुरको मृत्यु

मङ्गलबार ०६, जेठ २०७७

काठमाण्डौ । भारतको भागपुर जिल्लामा भएको ट्रक दुर्घटनामा नौ जना मजदुरको मृत्यु भएको छ ।

दुर्घटना मङ्गलबार बिहान भएको हो । यी मजदुरहरुले ६ दिनअघि कोलकता शहरबाट साइकलमा आफ्नो यात्रा सुरु गरेका थिए र बीच बाटोबाट यिनीहरु ट्रकमा आएको जनाइएको छ ।

प्रहरीका अनुसार पश्चिम बङ्गालबाट बिहारको कटिहार जिल्ला गइरहेको ट्रकका ड्राइभर र सहयोगी दुर्घटनापछि त्यहाँबाट भागेका छन् । प्रहरीले मृतकको साथमा रहेको कागजातको आधारमा उनीहरु चम्पारण जिल्लाको भएको जनाएको छ ।