चीनमा भूकम्प जाँदा ४ जनाको मृत्यु

Newslaya Home

चीनमा भूकम्प जाँदा ४ जनाको मृत्यु

मङ्गलबार ०६, जेठ २०७७

काठमाण्डौ । चीनको दक्षिण पश्चिम क्षेत्रस्थित किआओजिआमा भूकम्प जाँदा चारजनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् ।

स्थानीय अधिकारीहरुका अनुसार मंगलबार ५ म्याग्निच्युडको भूकम्प गएको हो । चिनियाँ मिडियाका अनुसार ६० लाख मानिसको बसोबास भएको झाओतोंग सहर नजिकै भूकम्प गएको हो ।

घटनास्थलमा अहिले कम्तिमा ६ सय उद्धारकर्मीहरु खटाइएका छन् ।