संक्रमित नर्सले वीपी प्रतिष्ठान रिफर गरेको सुत्केरीमा कोरोना रिपोर्ट नेगेटिभ

Newslaya Home

संक्रमित नर्सले वीपी प्रतिष्ठान रिफर गरेको सुत्केरीमा कोरोना रिपोर्ट नेगेटिभ

मङ्गलबार ०६, जेठ २०७७

धरान । धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको गाइनो वार्डमा भर्ना भएकी सुत्केरी महिलाको पिसिआर रिपोर्ट नगेटिभ आएको छ ।

धनकुटा जिल्ला अस्पतालकी संक्रमित नर्सले रिफर गरेपछि वीपी प्रतिष्ठानमा भर्ना भएकी महिलाको सोमबार राती पिसिआर परीक्षणको रिपोर्ट आएको हो ।

रिपोर्ट नेगेटिभ आएपछि मध्यराती १२ बजेदेखि नै गाइनो वार्डको सेवा सुचारु गरिएको प्रसुती विभाग प्रमुख प्रा.डा. मोहनचन्द्र रेग्मीले जानकारी दिए ।

आइतबार जिल्ला अस्पताल धनकुटाकी नर्स संक्रमित भएको पुष्टि भएपछि उनले स्वास्थ्य जाँच गरेको एक सुत्केरी महिलालाई वीपी रिफर भएको खुलेको थियो । गाइनो वार्डमा रहेकी ती महिलालाई आइसोलेसनमा राखेर स्वाब संकलन गरिएको र वीपी प्रतिष्ठानको गाइनो वार्डलाई सिल गरिएको थियो ।