मानिसमा गरिएको कोरोना भाइरसविरुद्धको खोप परीक्षण सफल

Newslaya Home

मानिसमा गरिएको कोरोना भाइरसविरुद्धको खोप परीक्षण सफल

मङ्गलबार ०६, जेठ २०७७

एजेन्सी । अमेरिकामा कोरोना भाइरसविरुद्ध मानिसमा गरिएको पहिलो चरणको खोप परीक्षण सफल भएको वैज्ञानिकहरुले दाबी गरेका छन् ।

नेशनल इन्स्टिच्युट अफ हेल्थको साझेदार बायोटेक कम्पनी ‘मोडेर्ना’ ले विकास गरेको एमआरएनए–१२७३ नामक खोपले शरीरमा असर पनि कम गरेको पाइएको हो ।

मोडेर्नाले सोमबार साँझ दिएको जानकारी अनुसार खोप लगाइएका मानिसमा कोरोना भाइरससँग लड्ने प्रतिरोधी क्षमता निको भइसकेका बिरामीको बराबर वा त्यसभन्दा ज्यादा पाइएको छ ।

खोप थप परीक्षणपछि मात्र बजारमा आउन सक्ने कम्पनीले जनाएको छ । तत्काल अब योभन्दा उत्तम नतिजाको आशा गर्न नसकिने मोडेर्नाका प्रमुख कार्यकारी अधिकृत स्टिफन बैसेलले बताए ।

आगामी परीक्षण पनि सफल भए सन् २०२१ को जनवरीसम्ममा खोप सर्वसाधारणका लागि उपलब्ध हुने जनाइएको छ । परिक्षण अपेक्षाभन्दा राम्रो भएको वैज्ञानिकले दाबी गरेका हुन् ।