दिल्लीमा सार्वजनिक यातायात सुचारु, पसल खोल्न अनुमति

Newslaya Home

दिल्लीमा सार्वजनिक यातायात सुचारु, पसल खोल्न अनुमति

मङ्गलबार ०६, जेठ २०७७

काठमाण्डौ । दिल्ली सरकारले बजार खुला गर्न स्वीकृति दिएको छ।

पसलहरु ‘जोर–बिजोर’ तरिकाले खुल्ने जनाइएको छ । अत्यावश्यक वस्तुका पसल भने सधैँ खुला रहनेछन् । त्यस्तै सपिङ मल भने खोल्न छुट दिइएको छैन। रेष्टुरेन्ट खुले पनि त्यहाँ बसेर ग्राहकले खान पाउने छैनन् । मुख्यमन्त्री केजरीवालले सार्वजनिक यातायात पनि खोल्ने घोषणा गरेका छन्।

दिल्लीमा अटोरिक्सा, ईरिक्सा र बस चल्न अनुमति दिइएको छ। तर अटोरिक्सामा एक जना र बसमा २० जना यात्रुमात्र चढाउन पाइनेछ। त्यस्तै ट्याक्सीमा अधिकतम दुई जनाले मात्रा यात्रा गर्न पाउनेछन्।

निजी गाडी चलाउन पाइनेछ भने बाइकमा पछाडि यात्रु राख्न पाइने छैन। यि सबै सुविधा विहान ७ बजेदेखि बेलुका ७ बजेसम्मका लागि लागू हुनेछन्।

दिल्लीका सबै सरकारी र निजी कार्यालय खोल्न अनुमति दिइएको छ।