अमेरिकाले सहयोग बन्द गरेपछि चीनले गर्यो विश्व स्वास्थ्य संगठनलाई सहयोग

Newslaya Home

अमेरिकाले सहयोग बन्द गरेपछि चीनले गर्यो विश्व स्वास्थ्य संगठनलाई सहयोग

मङ्गलबार ०६, जेठ २०७७

एजेन्सी । कोरोनाभाइरस विरुद्ध लड्नका लागि चीनले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)लाई सहयोग प्रदान गर्ने भएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लुएचओले चीनको समर्थन गरेको भन्दै सहयोग रोक्न निर्देशन दिएसंगै चीनले दुई अर्ब अमेरिकी डलर सहयोग गर्ने भएको हो ।

विश्व स्वास्थ्य सम्मेलनका क्रममा चिनियां राष्ट्रपति सि चिनफिङले सो रकम दुई वर्षभरीमा प्रदान गर्ने निर्णय भएको बताए ।

विश्वभर फैलिरहेको महामारीविरुद्धको लडाईमा चीनले विश्वसंग सहकार्य गर्ने बताउँदै राष्ट्रपति सिले कोरोनाभाइरस सम्वन्धी सम्पुर्ण विवरण चीनले डब्लुएचओ र अन्य देशहरुलाई उपलब्ध गराउने पनि जानकारी दिए ।

चीनल कोरोना भाइरसको नियन्त्रण र उपचारसम्वन्धी आफ्ना अनुभव सबैलाई बांड्न चाहेकाले आफ्नो श्रोत र शक्ति पनि वितरण गर्न चाहेको चिनियां राष्ट्रपति सिको भनाई छ ।