मोरङमा ट्याक्टरको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु

Newslaya Home

मोरङमा ट्याक्टरको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु

मङ्गलबार ०६, जेठ २०७७

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका–४ मोतिपुरमा ट्याक्टरको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु भएको छ ।

ना ४ त ६३७४ नम्बरको ट्याक्टरले ठक्कर दिँदा भारत सुपौल घर भई हाल मोतिपुर बस्‍ने पंकज झाका दुई वर्षीय छोरा निखिल झाको मृत्यु भएको हो । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।