चीन र दुबईबाट भन्दा भारतबाट आएको भाइरस कडाः प्रधानमन्त्री ओली

Newslaya Home

चीन र दुबईबाट भन्दा भारतबाट आएको भाइरस कडाः प्रधानमन्त्री ओली

मङ्गलबार ०६, जेठ २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतबाट आएको भाइरस कडा रहेको बताएका छन् । प्रधानमन्त्री ओलीले भारतबाट आएका व्यक्तिमा कोरोना संक्रमितको संख्या बढी रहेको बताएका हुन् ।

मंगलबार प्रतिधिनिधि र राष्ट्रियसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाल कोरोना संक्रमणका असामान्य अवस्थामा रहेको बताएका छन् । प्रधानमन्त्री ओलीले चीन र दुबईबाट भन्दा भारतबाट आएको भाइरस कडा रहेको बताएका छन् ।

‘भारतबाट आएका व्यक्तिमा कोरोना संक्रमितको संख्या बढी रहेको छ । उहान, दुबईबाट आएका नरम नै थियो । भारतबाट आएको अलिक कडा भाइरस देखियो ।’