भरतपुर अस्पतालको आइसीयुमा उपचाररत एक बिरामीको मृत्यु

Newslaya Home

भरतपुर अस्पतालको आइसीयुमा उपचाररत एक बिरामीको मृत्यु

मङ्गलबार ०६, जेठ २०७७

काठमाडौं । भरतपुर अस्पतालको आइसीयुमा उपचाररत एक बिरामीको मृत्यु भएको छ । रौतहटको परोहा–८ का ६८ वर्षीय पुरुषको मंगलबार(आज) बिहान मृत्यु भएको हो।

विगत चार महिनादेखि टिबीको औषधि लिइरहेका उनको श्वासप्रश्वासमा समस्या देखिएपछि आइतबार राति भरतपुर अस्पताल लगिएको थियो। उनको मृत्युको कारण भने खुलेको छैन।

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको कारण सोमबार उनको स्वाब संकलन गरी भरतपुरको कोभिड–१९ परीक्षण प्रयोगशालामा पठाइएको थियो।