पिकअप भ्यानको ठक्करबाट विर्तामोडका चार वर्षीय बालकको मृत्यु

Newslaya Home

पिकअप भ्यानको ठक्करबाट विर्तामोडका चार वर्षीय बालकको मृत्यु

मङ्गलबार ०६, जेठ २०७७

झापा । विर्तामोड नगरपालिकामा पिकअप भ्यानको ठक्करबाट चार वर्षीय बालकको मृत्यु भएको छ ।

मंगलबार बिहान बिर्तामोड–१० स्थित सैनिकमोडबाट बजारतर्फ जाँदै गरेको मे १ च ५६०२ नंको पिकअप भ्यानले सोही स्थानका धिरेन राईका चार वर्षीय छोरा सुदेन राईलाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

घाइते भएका राईलाई उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । सवारी साधन र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।