युवामा कोरोना पुष्टि भएसँगै इटहरी पाँच दिन शिल

Newslaya Home

युवामा कोरोना पुष्टि भएसँगै इटहरी पाँच दिन शिल

मङ्गलबार ०६, जेठ २०७७

इटहरी । इटहरी शिल गर्ने निर्णय भएको छ । इटहरी–२ का एक युवामा कोरोना देखिए सँगै इटहरीका वडानम्बर २ र ३ लाई पाँच दिन शिल गर्ने इटहरी उपमहानगरपालिकाले निर्णय गरेको हो ।

इटहरीका दुई वडा सँगै इटहरीमा औषधी पसल बाहेक सम्पूर्ण पसलहरुमा बन्द गर्ने निर्णय गरेको हो । इटहरीका सुरक्षा संयन्त्र र उपमहानगरपालिकाका जनप्रतिनिधिहरु बीच भएको बैठकले इटहरीलाई पाँच दिन सम्म शिल गर्ने निर्णय गरेको हो ।

कोरोना संक्रमित युवाका छरछिमेकी तथा उनका सम्पर्कमा आएकाहरुको आरडिटी टेष्ट गरिने जनाइएको छ । आवश्यकता अनुसार पिसिआर परिक्षण गर्ने जनाइएको छ ।

No photo description available.