प्रदेश १ मा थपिए ११ जना कोरोना संक्रमित

Newslaya Home

प्रदेश १ मा थपिए ११ जना कोरोना संक्रमित

मङ्गलबार ०६, जेठ २०७७

इटहरी । मंगलबार(आज) प्रदेश–१ मा थप ११ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमितहरूमध्ये झापाको कचनकवल गाउँपालिकाका ९ जना र सुनसरीका दुई जना रहेका छन् । सुनसरीमा देखिएका दुई जनामध्ये एक जना सशस्त्र प्रहरी रहेको खुलेको छ।

झापामा थपिएका संक्रमितहरू भारतबाट आएका हुन्। सोमबार पनि गाउँपालिकाकै एक जना पुरूषमा संक्रमण देखिएको थियो।