खोटाङमा पहिलोपटक कोरोना संक्रमण पुष्टि

Newslaya Home

खोटाङमा पहिलोपटक कोरोना संक्रमण पुष्टि

मङ्गलबार ०६, जेठ २०७७

काठमाडौं । खोटाङमा पहिलो पटक एक जना परुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा खोटाङका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयल् जनाएको छ ।

स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरण अनुसार अहिले १८ जना कोरोना संक्रमित पुष्टि भएसँगै नेपालमा जम्मा संक्रमितको संख्या ३७५ पुगेको छ भने २ जनाको मृत्यु भएको छ ।