इलाममा चिर्पट प्रहार गरेर छोरीले गरिन् बाबुको हत्या

Newslaya Home

इलाममा चिर्पट प्रहार गरेर छोरीले गरिन् बाबुको हत्या

मङ्गलबार ०६, जेठ २०७७

इलाम । इलाममा एक युवतीले आफ्नै बाबुको चिर्पट प्रहार गरेर हत्या गरेकी छिन् ।

इलामको देउमाई नगरपालिका–६ शान्तिडाँडामा २५ वर्षकी सुष्मा राईले ५२ वर्षका बाबु फुलबहादुर राईको सोमबार राती हत्या गरेकी हुन् । बाबुको हत्यापछि फरार रहेकी सुष्माको प्रहरीले खोजी सुरु गरेको छ ।

बाबु छोरीबीच झगडा परेपछि बाबुको हत्या भएको हो । यी दुईको यसअघि पनि बारम्बार झगडा परिरहने स्थानीयले बताएका छन् । सुष्मा बाबुआमासँग बस्दै आएकी थिइन् ।

सोमबार उनकी बहिनी र ज्वाइँ पनि घरमा आएका थिए । तर, दिउँसो बाबु छोरीको झगडा पर्न थालेपछि उनीहरु गाउँमा अरुकै घरमा बसेका थिए ।