कोशी अस्पतालबाट कोरोनामुक्त भएर थप एक जना डिस्चार्ज

Newslaya Home

कोशी अस्पतालबाट कोरोनामुक्त भएर थप एक जना डिस्चार्ज

मङ्गलबार ०६, जेठ २०७७

विराटनगर । विराटनगरस्थित कोशी कोरोना उपचार केन्द्रबाट थप एकजना डिस्चार्ज भएका छन् ।

अस्पतालमा उपचाररत दमक–३ का ६२ वर्षीय देउमान मङ्ग्राती कोरोनामुक्त भएर डिस्चार्ज भएका हुन् । अस्पताल भर्ना भएको २५ दिनपछि उनलाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।

पछिल्लोपटक गरिएको कोरोना परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । मङ्ग्रातीलाई वैशाख १२ गते अस्पताल भर्ना गरिएको थियो ।

मङ्ग्राती डिस्चार्ज भएसँगै प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या १८ पुगेको छ । २२ जना उपचाररत छन् । उपचाररत सबैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।