गुल्मीका कोरोना संक्रमितको आइसीयूमा उपचार हुँदै, अवस्था गम्भिर

Newslaya Home

गुल्मीका कोरोना संक्रमितको आइसीयूमा उपचार हुँदै, अवस्था गम्भिर

मङ्गलबार ०६, जेठ २०७७

रुपन्देही । गुल्मीका कोरोना संक्रमितको अवस्था गम्भिर बन्दै गएको छ । रूपन्देहीको मणिग्राम स्थित क्रिमसन अस्पतालमा उपचार गराईरहेका गुल्मीका ४१ वर्षिय शिक्षकको अवस्था गम्भिर बन्दै गएको हो ।

उनलाई अस्पतालको आइसीयूमा राखेर उपचार गरिदै आएको अस्पताल स्रोतले जनाएको छ । जन्डिस लागेर अस्पताल भर्ना भएको उनमा कोरोना संक्रमण देखिएपछि स्थानीय प्रशासनले सोमबार राती देखि नै अस्पताललाई सिल गरेको छ ।