बालिकालाई प्रयोग गरि सेक्स भिडियो बनाउने तीन जना पक्राउ, दुई बालिकाको उद्धार

Newslaya Home

बालिकालाई प्रयोग गरि सेक्स भिडियो बनाउने तीन जना पक्राउ, दुई बालिकाको उद्धार

मङ्गलबार ०६, जेठ २०७७

वीरगन्ज । वीरगन्जको आदर्शनगरमा रहेको चित्रलेखा फोटो स्टुडियोमा बालिकालाई प्रयोग गरि यौन धन्दा चलाएको आरोपमा स्टुडियोबाटै तीन जना पक्राउ परेका छन् ।

लकडाउनको मौका छोपेर बालिका तथा किशोरीहरुलाई प्रयोग गरि सेक्स मुभी बनाउने यौनधन्दा चलाएको आरोपमा स्डुडियो संचालक बैजु प्रजापति, वादल जैसवाल र मनिष मिश्रालाई प्रहरीले पक्राउ गरेको हो ।

केहि दिनदेखि शंकास्पद गतिविधी भइरहेको सूचना पाएपछि स्पेसल टास्क फोर्सले छापा मारी बैजु सहित उनका सहयोगी र रानीघाट बस्ने दुई बालिकालाई पनि नियन्त्रणमा लिएको हो । बब्लु भन्ने बैजुका अर्का सहयोगी भने फरार रहेको जनाइएको छ ।

एसटिएफका प्रहरी नायब निरीक्षक सुर्य चौधरीको नेतृत्वमा खटेका प्रहरी टोलिले ११ र १३ बर्षका दुई बालिकालाई उद्धार गरि महिला सेलमा पठाएको छ भने तीन जना आरोपितलाई प्रहरी हिरासतमा राखेको छ । उद्धार गरिएका बालिकाहरु अन्यको घरमा गएर काम गर्ने परिवारका भएको ग्रीनसीटीका प्रकाश खेतानले बताए ।