इटहरीमा पनि कोरोना : वीपीको आइसोलेसनमा रहेका युवामा कोरोना

Newslaya Home

इटहरीमा पनि कोरोना : वीपीको आइसोलेसनमा रहेका युवामा कोरोना

मङ्गलबार ०६, जेठ २०७७

धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आइसोलेसन वार्डमा रहेका एक युवामा कोरोना पाइएको छ ।

इटहरी २ का १८ बर्षीय ती युवा बुवासँगै आइसोलेसन वार्डमा छन् । ज्वरो आएपछि उनलाई आइसोलेसन वार्डमा पठाइएको थियो ।

उनी वीपीमा आउनुअघि इटहरीकै एक क्लिनिकमा पनि पुगेका थिए । त्यहाँबाट नै उनलाई वीपीमा रिफर गरिएको थियो । ती बिरामीलाई विराटनगरस्थित कोशी अस्पतालको कोभिड १९ उपचार केन्द्रमा पठाउने तयारी भइरहेको जानकारी दिए ।

यस्तै, पश्चिम कुसाहमा कार्यरत एक जना सशस्त्र प्रहरी जवानको पनि रिपोर्ट पोजेटिभ आएको स्रोतले जनाएको छ ।