भोजपुरमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

Newslaya Home

भोजपुरमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

मङ्गलबार ०६, जेठ २०७७

भोजपुर । भोजपुरबाट कर्तव्य ज्यान मुद्दाका फरार रहेका प्रतिवादीलाई ३७ वर्षपछि पक्राउ गरिएको छ ।

जिल्ला अदालत भोजपुरको २०४० असार २० गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय भई फरार रहेका रामप्रसाद राई गाउँपालिका–७ बासिखोरा बस्ने डण्डु र डिल्ली प्रसाद भन्ने ६५ वर्षीय डिल्ली कुमार राईलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।

कैद सजाय भएको ३७ वर्षपछि पक्राउ परेका राईलाई जिल्ला अदालत भोजपुर पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि सोमबार कारागार कार्यालय भोजपुर पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

1 प्रतिकृयाहरू प्राप्त
  • दिनेश निस्चल कटवाल कोट ७ जागिर गाउँ भोजपुरलेख्नुहुन्छ
  • |
  • मङ्गलबार ०६, जेठ २०७७
आदरणीय सर, मेडम अहिले बिश्व महामारी कोरोनाको कारणले गर्दा आआफ्ना रास्ट्रले आफ्ना नागरिकहरु विमान चार्टर गरेर भएपनि लगि रहेका छन । तर नेपालले कुनैपनि चासो देखाउदैन । सरकारलाई रेमिटेन्सको मात्र चिन्ता हो या प्रबासमा अलपत्र परेका नेपाली जनताहरुको पनि चिन्ता छ ?