धरानमा गाई करणी गर्दैगरेका एक व्यक्ति पक्राउ

Newslaya Home

धरानमा गाई करणी गर्दैगरेका एक व्यक्ति पक्राउ

मङ्गलबार ०६, जेठ २०७७

धरान । सुनसरीको धरान–१४ विजयपुरको गणेश चौकबाट गाईलाई करणी गर्दे गर्दा एक जनालाई रंगेहात पक्राउ गरिएको छ ।

सोमबार राति गणेश चौकका वासुदेव भट्टराईको गाई गोठमा गाईलाई करणी गरिरहेको अवस्थामा स्थानीयले एक जना आधाबैसे पुरुषलाई नाङ्गै पक्राउ गरेको हो ।

ती पुरुषले पटक पटक गाईलाई करणी गर्दै गरेको भेटिएकोमा यसपटक पनि गाई गोठमा गाईलाई करणी गरिरहेको अवस्थामा स्थानीयले भेटेपछि उनलाई पक्राउ गरी प्रहरीलाई खबर गरेका थिए ।

घटनाको जानकारी पाउनसाथ इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको जनाइएको छ । पक्राउ परेका उनी भुतपुर्व प्रहरी पनि रहेको तर नाम भने गोप्य राखिएको छ ।

धरान १४ को नयाँ टोल निवासी उनी मानसिक रोगी भएको उनका आफन्तले बताएका छन् । घटनाबारे थप बुझ्न बाँकी रहेको प्रहरीले जनाएको छ ।