आइसोलेशनमा भर्ना भएका एक युवकको मृत्यु

Newslaya Home

आइसोलेशनमा भर्ना भएका एक युवकको मृत्यु

मङ्गलबार ०६, जेठ २०७७

रोल्पा । रोल्पामा आइसोलेशनमा राखिएका एक युवकको मृत्यु भएको छ ।

लामो समयदेखि मिर्गौलासम्बन्धी समस्या भएका रोल्पा नगरपालिका–१ का २२ वर्षका युवकको सोमबार आइसोलेशनमै मृत्यु भएको हो ।

काठमाडौंमा डायलसिस गराउँदै आएका उनी लकडाउनकै बीच आइतबार बेलुकी रोल्पा पुगेका थिए । सोहि दिन रोल्पा अस्पतालको आइसोलेशनमा भर्ना भएका उनको मृत्यु भएको रोल्पा अस्पतालले जनाएको छ ।

उनमा कोरोनाको संक्रमण छ छैन भन्ने विषयमा परिक्षण गर्न स्वाव संकलन गरेर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ पठाइएको डा. धनमाया घर्तीले जानकारी दिइन् ।