दक्षिण सुडानका उपराष्ट्रपति र रक्षामन्त्रीलाई कोरोना संक्रमण

Newslaya Home

दक्षिण सुडानका उपराष्ट्रपति र रक्षामन्त्रीलाई कोरोना संक्रमण

मङ्गलबार ०६, जेठ २०७७

काठमाडौं । दक्षिण सुडानका उपराष्ट्रपति ६० वर्षीय रिक माशरलाई करोना संक्रमण भएको छ ।

सुडानकी रक्षा मन्त्री रहेकी उपराष्ट्रपति माशरकी पत्नी एजेलिना टेनीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

मे १३ मा गरिएको परीक्षणबाट उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ । माशरका अंगरक्षक र स्टाफमा पनि कोरोना संक्रमण देखिएको समाचार छ ।
दक्षिण सुडानमा २३६ जनामा संक्रमण देखिएको छ भने ४ जनाको मृत्यु भइसकेको छ ।