तेलमा आत्मनिर्भर बन्दै ग्रामिण क्षेत्रका किसानहरु

Newslaya Home

तेलमा आत्मनिर्भर बन्दै ग्रामिण क्षेत्रका किसानहरु

–बाबुराम कार्की
मङ्गलबार ०६, जेठ २०७७

प्रकाशपुर । सुनसरीको प्रकाशपुरका कृषक कृष्ण पौडेलले सुर्यमुखी खेति गरेको झण्डै १० वर्ष भयो । उनले तेलहन बालीको रुपमा सुर्यमूखी खेति गर्दै आएका हुन् ।

प्रत्येक वर्ष तीन देखि पाँच कठ्ठामा खेति गर्दे आएका पौडेलका अनुसार सुर्यमुखी खेति गर्न सजिलो छ अनि तेल पनि राम्रो आउँछ । स्वास्थ्यलाई पनि राम्रो गर्ने भएकाले तोरी छोडेर सुर्यमुखी खेति गर्दै आएको उनी बताउँछन् ।

सुर्यमुखी खेति गर्ने कृषकहरुको संख्या सुनसरीको ग्रामिण क्षेत्रमा बढ्दो छ । रामधुनी ८ अर्ताका कृषक गङ्गा घिमिरेले पाँच कठ्ठा जमिनमा सुर्यमुखी लगाएका छन् ।

व्यावसायिक खेति नगर्नेहरुले आफ्नै उपयोगको लागि भएपनि सुर्यमुखी लगाउने गरेको प्रकाशपुर शान्ति चौकका कृषक विष्णु घिमिरे बताउछन् । थ्रेसर मेसिन अएपछि कुट्ने झन्झट हटेको छ । जसबाट किसानहरुलाई थप सजिलो भएको कृषक प्रल्हाद बस्नेत बताउछन् ।

बराहक्षेत्र नगरपालिका कृषि शाखाका प्राविधिक निरबहादुर राईका अनुसार ८, ९, १० र ११ नम्बरका किसानहरुले सुर्यमुखी खेति गर्दै आएका छन् । नगरले प्याकेज कार्यक्रम गरेर फूल खेतिलाई प्रोत्साहन गरेको बताए ।

सुर्यमुखी खेती सबैले गर्दा तेलको लागि वार्षिक रुपमा बाहिरिने करोडौं रकम जोगिने किसानहरुको भनाई छ ।