सुनसरीमा भारतबाट आएर क्वारेन्टाइनमा बसेका युवामा संक्रमण, विराटनगर र धरानका पनि सँगै

Newslaya Home

सुनसरीमा भारतबाट आएर क्वारेन्टाइनमा बसेका युवामा संक्रमण, विराटनगर र धरानका पनि सँगै

मङ्गलबार ०६, जेठ २०७७

इटहरी । सुनसरीमा पहिलो पटक कोरोना संक्रमण देखिएको छ । संक्रमित युवा गढी गाउँपालिका वडा नम्बर १ का भएको पाइएको छ ।

रोजगारका लागि भारत गएका ती युवा ६ दिनअघि जोगबनी आइपुगेका थिए । उनलाई गाउँपालिकाले एम्बुलेन्समा हालेर सिधै क्वारेन्टाइनमा ल्याएर राखेकोले डराउनुपर्ने अवस्था नरहेको बताइएको छ । उनलाई उपचारका लागि कोशी अञ्चल अस्पताल लग्ने तयारी भएको जनाइएको छ ।

संक्रमित युवाहरु नेपाल प्रवेश गरेकै दिन एउटै रेलमा विराटनगर, धरानलगायत क्षेत्रका युवाहरु पनि आएको जानकारी ती युवाले दिएका छन् ।

सोमबार बिहान र दिउँसो गरी बाँकेमा ४७ जना, रौतहटका ८, बाराका १ जना, मोरङमा १, गुल्मीमा १, धनुषामा १, धादिङमा १, रौतहट १ र दाङमा १ जना कोरोना संक्रमित भएका थिए ।

संक्रमण पुष्टि भएकामध्ये हालसम्म ३६ जना निको भएका छन्। त्यस्तै सिन्धुपाल्चोकमा र बाँकेमा गरी दुई जनाको मृत्यु भएको छ।

योसँगै कोरोना संक्रमितको संख्या ३७५ पुगेको छ ।