इटहरीमा सुविधासम्पन्न अस्पताल बनाउन उपमहानगरले दिने भयो ५ विगाहा जग्गा

Newslaya Home

इटहरीमा सुविधासम्पन्न अस्पताल बनाउन उपमहानगरले दिने भयो ५ विगाहा जग्गा

मङ्गलबार ०६, जेठ २०७७

इटहरी । आफ्नै सुविधासम्पन्न अस्पताल बनाउने इटहरीवासीको सपना पुरा हुने दिशामा अघि बढेको छ । इटहरी अस्पतालको स्तरोन्नतीको कुरा चलिरहेकै समयमा श्री कृष्ण प्रणामी समाजले बनाउन लागेको अस्पतालको लागि उपमहानगरपालिकाले ५ विगाहा जमिन उपलब्ध गराउने भएको छ ।

१० विगाहा जग्गा माग गरेकोमा ५ विगाहा जग्गा जेठ ५ गतेको कार्यपालिका बैठकले दिने निर्णय गरेको समाजका हेम घिमिरेले जानकारी दिए । मेयर द्वारिकलाल चौधरीको पहलमा अस्पतालका लागि जग्गा पाउने पक्का भएको उनले बताए । श्री प्राणनाथ मल्टी स्पेसलिटी हस्पिटल एन्ड रिसर्च सेन्टर नामक अस्पतालको निर्माणको लागी वडा नं. ११ मा उक्त जग्गा दिने निर्णय भएको घिमिरेले जानकारी दिए ।

नीतिगत निर्णयबाट जग्गा प्राप्त भएपछि घेराबेरा गरि अस्पताल निर्माणको काम थालिने उनले बताए ।

उक्त जग्गामा आवासगृहसहितको ५०० बेडसम्म स्तरोन्नती गर्ने गरी अस्पताल बनाउने योजना रहेको घिमिरेले जानकारी दिए ।