कोरोना महामारीबीच भारतको माध्यमिक शिक्षा केन्द्रीय बोर्डद्वारा परीक्षा तालिका सार्वजनिक

Newslaya Home

कोरोना महामारीबीच भारतको माध्यमिक शिक्षा केन्द्रीय बोर्डद्वारा परीक्षा तालिका सार्वजनिक

सोमबार ०५, जेठ २०७७

काठमाडौं । कोरोना भाइरसको महामारी र निरन्तरको लकडाउनबीच अन्योलता बढिरहेका बेला भारतको माध्यमिक शिक्षा केन्द्रीय बोर्ड सीबिएसईले कक्षा १० र कक्षा १२ को बोर्ड परिक्षाको तालिका सार्वजनिक गरेको छ ।

सिबीएसईका अनुसार जुलाई १ देखि १५ तारिखबीच सन्चालन हुनेछ । यसअघि कोरोना भाइरसको महामारीबीच परिक्षा स्थगित भएको थियो ।

नेपालमा भने माध्यम शिक्षा परिक्षा–एसईई (कक्षा १०) तथा कक्षा ११ र कक्षा १२ को परिक्षा स्थगित छ । परिक्षाबारे कुनै निर्णय भएको छैन । यसले लाखौँ विधार्थीको भविष्य अन्योलमा छ ।